छोराको विवाहअघि मुकेश अम्बानीले ५० हजार पुलिसलाई पठाए मिठाइको डब्बा

एजेन्सी, २५ फागुन । भारतको रिलाइन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले छोरा आकाशको विवाह अघि मुम्बईका ५० हजार पुलिसलाई मिठाइको डब्बा पठाएका छन् ।

मुकेशका छोरा आकाश ९२८० मार्च ९ अर्थात् आज श्लोका मेहता ९२८० सँग विवाह गर्दैछन् । श्लोका हिरा व्यवसायी रसेल मेहता र मोना मेहताकी छोरी हुन् ।

उक्त मिठाईको डब्बामा लेखिएको छ, ‘आकाश र श्लोकाको विवाहको यो मौकामा हामीलाई तपाईंको आशिर्वाद र शुभकामनाको खाँचो छ ।’यो सन्देश नीता–मुकेश अम्बानी, ईशा–आनन्द र अनन्तको तर्फबाट पठाइएको हो ।

साथै मुकेश र निता अम्बानीले दुई हजार अनाथ बच्चा र ज्येष्ठ नागरिकलाई खाना खुवाएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी