दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली जमानतमा रिहा

एजेन्सी २३ फागुन । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक जमानतमा रिहा भएका छन् ।

भ्रष्टाचारको आरोपमा थुनामा रहेका पूर्व राष्ट्रपति ली बुधबार माथिल्लो अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।

सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो।

सियोल उच्च अदालतले पूर्व राष्ट्रपति लीले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिएको निवेदनलाई स्वीकृत गरेको थियो।

अदालतको आदेशमा पूर्व राष्ट्रपति लीलाई आफ्नै निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ।

उनीमाथि अदालतले करिब ९ लाख डलर जमानत रकम माग गरेको छ। पूर्व राष्ट्रपति लीले उक्त शर्तहरु स्वीकारेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी