काठमाडौं, २१ फागुन । ‘बर्ष क्रिकेट खेलाडी’ अवार्ड नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले जितेका छन् ।
क्रिकेट खेलाडी संघ नेपालले आयोजना गरेको ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा सन्दीप उत्कृष्ट चुनिदै ‘बर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् ।
अवार्डसँगै सन्दीपले नगद १ लाख ३२ हजार प्राप्त गरेका छन् ।





