उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

एजेन्सी, २१ फागुन । भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन स्वदेश फर्किएका छन ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार मङ्गलबार बिहान रेलमार्फत उनी स्वदेश फर्किएको जनाएको छ । नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा पार्टीका वरिष्ट अधिकारी, सरकारका उच्च अधिकारीहरु र सशस्त्र फौजका वरिष्ट अधिकारीहरुले स्वागत गरेका थिए ।

किमले भियतनाम भ्रमणका अवसरमा राजधानी हनोइमा गत फेबु्रअरी २७ र २८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता  गरेका थिए ।

यसअघि सन् २०१८ जुन महिनामा ट्रम्प र किमबीच सिङ्गापुरमा पहिलो शिखर सम्मेलन भएको थियो । किमको भियतनाम भ्रमणको क्रममा भियतनामका राष्ट्रपति एनगुएन फु ट्रोङ र प्रधानमन्त्री एनगुएन जुआन फुकसँग भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह