झापा, २१ फागुन । झापा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि आज सशस्त्र प्रहरी एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छ ।
मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको छ।
सोमबार भएको खेलमा हङकङ नेप्लिज एकाडेमीलाई आयोजक घरेलु टोली झापा–११ले १–० गोल अन्तरले राजित गर्दै चौथो संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
झापाले सेमिफाइनलमा नेपाल प्रहरी र थ्री स्टार क्लबबीच हुने खेलका विजेता टिमसँग भिड्नेछ । फागुन २७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।






