भेनेजुएलाका स्वघोषित राष्ट्रपति स्वदेश फर्किने : जनआन्दोलनका लागि आह्वान

एजेन्सी, २० फागुन । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुआन गुआइडोले जनआन्दोलनका लागि आह्वान गर्दै देशमा फर्किने घोषणा गरेका छन् ।

गुआइडोले आफ्नो सामाजिक सञ्जाल ट्युटरमा एक स्ट्याटस लेख्दै भनेका छन्, ‘म भेनेजुएलाका नागरिकहरुलाई भोलि दिउँसो ११ बजे देशभर प्रदर्शनमा उत्रिन आह्वान गर्छु ।’ त्यस्तै उनले राष्ट्रपति निकोलस मोडुरोलाई राजीनामाका लागि आग्रहसमेत गरेका छन् ।

बीबीसीका अनुसार गुआइडो कसरी भेनेजुएलामा फर्किनेछन् र उनी फर्केको खण्डमा माडुरोले कस्तो कदम चाल्नेछन् भन्ने प्रष्ट भएको छैन । गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेपछि भेनेजुएलाको सर्वोच्च अदालतले उनीमाथि यात्रा प्रतिवन्ध लगाएको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेन बोल्टनले ट्विट गरेका छन्, ‘उनको सुरक्षित फिर्तीमा कुनै अवरोध भएको खण्डमा कडा प्रतिक्रियाको सामना गर्नुपर्नेछ ।’ यूरोपेली युनियनका वैदेशिक नीति प्रमुख फेडेरिका मोघेरिनीले पनि गुआइडोमाथि कुनै पनि हानी–नोक्सानी पुर्‍याइए त्यसले ठूलो तनाव पैदा गर्ने चेतावनी दिएका छन् ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुआइडोलाई ५० भन्दा बढि देशहरुको समर्थन छ तर, मुडुरोले भने वैधानिक राष्ट्रपति आफू नै भएको भन्दै पद छोड्न तयार भएका छैनन् । चीन, रसिया र क्युवा जस्ता देशहरुको समर्थन उनलाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह