जोर्डनका राजाद्वारा भारत– पाकिस्तानबीच तनावलाई लिएर चिन्ता व्यक्त, सम्यम रहन आग्रह

एजेन्सी, १८ फागुन । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रबार जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई टेलिफोन गर्दै दक्षिण एसियाका दुई छिमेकी देशबीच बढ्दै गएको तनावका बारेमा कुरा गरेका हुन् ।

पाकिस्तानी सत्तारुढ दल पाकिस्तान तेहरीक–ए–इन्साफका अनुसार दुई देशबीचको तनाव कम गर्न जोर्डनका राजाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभएको जनाइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीच तनाव कम गर्न पाकिस्तानले आफ्नो पक्षबाट काम गरिरहेको पनि जोर्डनका राजालाई बताइएको जनाइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग इस्लामाबाद र नयाँ दिल्लीबीच बढ्दै गएको दूरी छिट्टै हल हुने आशा व्यक्त गरेका थिए ।

केही दिनअघि भारत प्रशासित जम्मू–कश्मीरको पुलवामामा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि दुई देशबीच तनाव बढ्दै गएको छ ।

शुक्रबार पाकिस्तानले आफू वार्ताबाटै समस्याको समाधान चाहेको भन्दै शान्तिको संकेतस्वरुप पाइलटलाई भारतलाई सुम्पिएको छ । यसले गर्दा पनि भारत–पाकिस्तानबीचको तनाव कम हुने आंकलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै

काठमाडौँ, २ असोज । फिल्म ‘बखत्ते’ को शुभ मुहूर्त गरिएको छ । ‘बखत्ते’को आज ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभ मुहूर्त

काठमाडौँ, २ असोज । आजबाट हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘झिँगे दाउ २’, ‘कार्की साइला’ र