टि-२० वल्र्ड कपको एसिया छनोटको खेलमा कुवेतलाई नेपालले हरायो

काठमाडौं, १५ फागुन । टि-२० वल्र्ड कपको एसिया छनोट अन्तर्गतको खेलमा कुवेतसग नेपालले  ३० रनको अन्तरले विजयी हासिले गरेको छ ।

नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर गरेको थियो । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक पुरा गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् ।  नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् ।

कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २-२ विकेट लिएका थिए । एक समय १ विकेटमा ६३ रन बनाएको कुवेतले रन रेट उकास्न नसक्दा दवावमा पर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान