भारतद्वारा पाकिस्तान भुमिमा आक्रमण

एजेन्सी, १४ फागुन । भारतीय वायुसेनाको नियन्त्रण रेखा (एलओसी) पार गरेर आतंककारीको क्याम्प ध्वस्त पारेको छ ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार मंगलबार विहान भारतीय वायुसेनाले आतंककारीको क्याम्पमा १ हजार किलोको बम खसालेको छ । जसकारण आतंककारीको क्याप पूर्णरुपमा ध्वस्त भएको छ । १२ वटा मिराज विमानले यो काम सम्मन्न गरेको भारतीय वायुसेनाले जनाएको समाचारमा उल्लेख छ । भारतको १२ मिराज २००० जेट विमानले १००० किलो बम खसालेको बताइएको छ । भारतीय वायुसेनाले भने यसबारेमा पुष्टि गरेको छैन ।

यसअघि पाकिस्तानी सेनाका डिजी आईएसपीआर आसिफ गफूरले भारतीय सेनाले एलओसी पार गरेर पाकिस्तानमा घुसेको बताएका थिए । त्यो समयमा भारत आक्रमण नगरी फर्किएको थियो तर यो पटक भने भारतले पाकिस्तानको आतंककारी क्याम्पमा आक्रमण गर्न सफल भएको छ ।

भारतको प्रशाशित क्षेत्र जम्मु कश्मिरमा भएको आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा दरार उत्पन्न भएको छ । भारतीयहरुले यो घटनाको कडा जवाफ दिने बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह