एजेन्सी, ११ फागुन । भारतकाे बेंग्लोरमा आयोजित एरो इण्डिया २०१९ का क्रममा पार्किङमा राखिएको १०० गाडी जलेर नस्ट भएको छ ।
शनिबार आयोजना स्थल नजिकै पार्किङमा भिषण आगलागी हुँदा त्यसमा जलेर सयौं गाडी नस्ट भएको भारतीय समाचार एजेन्सीले बताएको छ ।
https://twitter.com/KarFireDept/status/1099206877500469248
धुवाँको कारण एरो इण्डिया शो केही समयको लागि स्थगित गरिएको छ र आकाश सफा बनेपछि मात्र एरो शो पुनः सञ्चालनमा आउने छ ।
अग्नि नियन्त्रण विभागका उप निर्देशकका अनुसार एक सय भन्दा बढी कारहरु यस डढेलोमा जलेका छन् । साथै कारहरुलाई पार्किङबाट हटाएर डढेलो नियन्त्रण गर्न सजिलो भइरहेको र यस घटना मानवीय क्षति नभएको उनले बताएका छन् ।






