एजेन्सी, ८ फागुन । साउदी अरबका युवराज मोहम्मद बिन सलमानपाकिस्तानको भ्रमण लगत्तै दुई दिवसीय भ्रमणमा भारत पुग्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर उहाँलाई स्वागत गर्नुभएको छ । बुधबार जब प्रधानमन्त्री नरेन्द्र मोदी र युवराज सलमानबीच वार्ता हुनेछ तब पुलवामा हमलाबारे पनि विस्तृत रुपमा चर्चा हुने अनुमान गरिएको छ ।
सोमबार इस्लामाबादमा साउदी विदेशमन्त्री आदेल अल जुबैरले भनेका थिए, ‘हाम्रो उद्देश्य दुई देश, छिमेकी देशबीच तनाव कम गर्नु हो र शान्तीपूर्ण तरिकाले मतभेद हटाउने कुनै बाटो छ कि त्यसबारे चर्चा गरिनेछ ।’





