सामाजिक मूल्य र मान्यताका आधारमा प्रजातन्त्रलाई जीवनपद्धती बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक मूल्य र मान्यतालाई आधार बनाई प्रजातन्त्रलाई जीवनपद्धती बनाई अघि बढ्नुपर्ने बताउनुभएको छ ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाली जनताको चाहना हो । सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप ऊर्जा दिने छ ।’ जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने बताउनुभएको छ ।

उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने उत्प्रेरणा प्रजातन्त्र दिवसले प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । उहाँले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति भण्डारीले यस दिवसले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान