आज प्रजातन्त्र दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ७ फागुन । एकतन्त्रीय जहानीय राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्र स्थापनाको ६९ औं दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रमहरु गरी व्यापक रुपमा मनाइदैछ ।

काठमाडौँमा आजदेखि तीनदिनसम्म सैनिकमञ्च, टुँडिखेलमा भव्यताका साथ मनाइँदै छ । टुँडिखेलमा मनाइने दिवसमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ठ व्यक्तित्वले सहभागिता जनाउनु हुने भएको छ । प्रजातन्त्र दिवसकै अवसरमा टुँडिखेलमा नेपाली सेनाको विशेष प्रर्दशन समेत हुने भएको छ । प्रदेश नं. १ तीन दिन मनाउने भएको छ ।

उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन र रेडियो नेपाल लगायतका सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण समेत हुने भएको छ ।

उतिबेला आएको प्रजातन्त्र नेपालीहरुको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः ब्यापक धाँधलीकाबिच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरीकको आवाज दबाउने श्रृंखलाहरुको अन्त्य भने विसं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो ।

क्रमशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ । शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान