स्पेनका प्रधानमन्त्रीद्वारा आगामी अप्रिलका लागि निर्वाचनको घोषणा

एजेन्सी, ५ फागुन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले निर्वाचनको मिति घोषणा गरेका छन् ।

संसद्ले बजेट प्रस्ताव अस्वीकृत गरेपछि सान्चेजले आगामी २८ अप्रिलका लागि निर्वाचन घोषणा गरेका हुन् ।

संसद्बाट बजेट पारित नभएपछि प्रधानमन्त्री सान्चेजले नयाँ निर्वाचनको मिति घोषणा गरेका अधिकारीहरूले जनाएका छन् । स्पेनमा पछिल्लो चार वर्षको अवधिमा अहिले तेस्रोपटक निर्वाचनको मिति घोषणा भएको हो ।

४६ वर्षीय सान्चेज ८ महिनाअघि मात्रै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री मारियानो राखोएविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि सान्चोज प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय