डीपीएल : आज दुई खेलबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ, ५ फागुन । धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ ।

डीपीएलअन्तर्गत आज पहिलो खेलमा सिवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडसँग तथा दोस्रो खेल काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्दैछन् ।

फाप्ला क्रिकेट मैदानमा हुने दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगरबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

आइतबार हुने दोस्रो खेलमा काठमाडौंले रुपन्देहीसँग प्रतिस्पर्धा गर्दैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं र बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीबीच दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता