हिरो गोल्डकपमा फाइनलमा नेपाल उपविजेता

काठमाडौं, ३ फागुन । हिरो गोल्डकप फुटबल प्रतियोगितामा म्यानमारले जित हासिल गरेको छ  ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल म्यानमारसंग ३-१ ले पराजित हुँदै उपविजेता बनेको  छ ।

उपविजेता हुँदै नेपालले ५ लाख भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ८ लाख) जितेको छ । विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ जितेको छ ।

फाइनल खेलको ३४ औँ मिनेटमा म्यानमारले गोल गर्दै बनाएको १–० को अग्रता नेपालकी मञ्जली योञ्जनले ४५ औं मिनेटमा बराबरी गरेकी थिइन् । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफ नेपालका लागि राम्रो हुन सकेन ।

खेलको ५२ औैं मिनेटमा म्यानमारले अग्रता बनाएर खेल २–१ मा पुर्‍याएको थियो । त्यसको १० मिनेटपछि ६२ औं मिनेटमा म्यानमारले अग्रता ३–१ बनाएको थियो ।

लिग चरणको पहिलो खेलमा नेपाली टिम म्यानमारसंग ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान