अमेरिकी राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गर्दै

एजेन्सी, ३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका छन् ।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले मेक्सिकोको सिमानामा बनाउने भनेको पर्खालको लागि आवश्यक पैसा जुटाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका भएको जनाएको छ ।

ट्रम्पले त्यहाँको संसद९कँग्रेस०लाई ‘बाइपास’ गरेर सैन्य कोषलाई पर्खाल बनाउन प्रयोग गर्ने जनाएको छ । डेमोक्रेट पार्टीका बरिष्ठ नेताहरुले भने ट्रम्पले संकटकाल घोषणाको तयारीलाई ‘शक्तिको निर्लज दूरुपयोग’ र ‘स्वेच्छाचारी कदम’ भनेका छन् ।

डेमोक्रेटहरुको बहुमत रहेको अमेरिकाको संसदको तल्लो सदनले बिहीबार एक विधेयक पास गरेको थियो, जसमा ट्रम्पले पर्खालको लागि माग गरेको रकम छुट्याइएको छैन । उक्त विधयक कानुन बन्नको लागि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुपर्छ ।

मेक्सिकोसँग जोडिएको भागमा पर्खाल बनाउने ट्रम्पको प्रमुख चुनावी प्रतिबद्धता थियो । तर राष्ट्रपतिको रुपमा उनले हालसम्म उक्त योजनालाई अघि बढाउनको लागि बजेट पाइरहेका छैनन् ।

अमेरिकाको संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिले संकटकाल घोषणा गरे डेमोक्रेटहरुले कानुनी चूनौती दिने बताइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको

एजेन्सी, ५ असोज । जर्मनीका दुई राज्यमा भएको निर्वाचनमा चान्सलर फ्रेडरिक मर्जको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले धक्का व्यहोरेको छ ।

एजेन्सी, ४ असोज । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी

एजेन्सी, ३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा