होटलमा आगलागी हुदा ९ को मृत्यु, दर्जनौ घाइते

एजेन्सी, २९ माघ । दिल्लीको एक होटलमा आगलागी हुदा ९ जनाको मृत्यु र दर्जनौ गम्भीर घाइते भएका छन ।

करोलबागस्थित होटल अर्पित प्यालेसमा मंगलबार साढे चारबजे होटलको माथिल्लो तल्लामा भिषण आगलागी भएको जनाएको छ ।

आगो नियन्त्रणका लागि २७ वटा दमकल परिचालन गर्नुपरेको भारतीय मिडियाले बताएको छ । उक्त दुर्घटनामा मारिएकाको शव बाहिर निकालिएको छ ।

यद्यपी, आगलागीको कारण भने पत्ता लाग्न सकेको छैन । करिब ३० जनालाई होटल बाहिर निकालिएको छ ।

गहिरो निन्द्रामा परेका मानिसहरुले केही बुझ्न नपाउँदै आगो फैलिसकेको थियो । चिफ फायर अफिसरका अनुसार दुई व्यक्ति होटलको भवनबाट हाम फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय