प्रधानमन्त्री अर्बनको घोषणा : बिहे गरे २६ लाख, बच्चा जन्माए ऋण मिनाहा !

एजेन्सी, २९ माघ । हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आप्रवासी जनताको परनिर्भरता घटाउनका लागी तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने घोषणा गरेको छ ।

बीबीसीका अनुसार प्रधानमन्त्री अर्बनले देशमा बच्चाहरुको जन्मदर बढाउने योजनाको घोषणा गर्दै नवविवाहित दम्पत्तिलाई बिनाब्याज २६ लाख रुपैयाँसम्मको ऋण दिने र उनीहरुका तीनवटा बच्चा जन्मिनासाथ ऋण मिनाहा गरिदिने बताएको छ ।

प्रधानमन्त्री अर्बनले भनेका छन्, ‘हंगेरीका जनता दोस्रो तरिकाले सोच्दछन् । हामीलाई संख्याको होइन, नागरिकको आवश्यकता छ ।’

हंगेरीको जनसंख्या हरेक वर्ष ३२ हजारको दरले घटेको छ र युरोपेली संघको तुलनामा यहाँका महिलाहरुको बच्चाको औसत संख्या कम छ ।

हंगेरीमा महिलाहरुको औसत १.४५ बच्चा छन् जुन युरोपेली संघको औसत १.५८ भन्दा कम हो । युरोपेली संघ अन्तर्गत फ्रान्सका महिलाहरुको सबैभन्दा बढी औसत १.९६ बच्चा छन् भने स्पेनमा सबैभन्दा कम १.३३ बच्चा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने