एजेन्सी, २५ माघ । बीबीसीका पत्रकारहरुको एक टोली युगान्डामा पक्राउ परेको छ ।
बीबीसीका अनुसार बुधबार राति युगान्डाको राजधानी कम्पालामा सरकारी औषधिको गैरकानुनी बिक्रीको रिपोर्टिङमा खटिएको टोली पक्राउ परेको जनाएका छ ।
यद्यपि युगान्डा सरकारका प्रवक्ताले उनीहरुलाई तत्काल रिहा गर्न अपिल गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । बीबीसीले सम्बन्धित अधिकारीहरुसँग आफ्ना प्रतिनिधिको सम्पर्क रहेको र अवस्था सामान्य बनाउने कोशिस जारी रहेको जनाएको छ ।





