हिमपहिरोमा परि ६ प्रहरीसहित १० जना बेपत्ता

एजेन्सी, २५ माघ ।  भारतको जम्मू कश्मीरको कुलगाममा बिहीबार हिमपहिरोमा परि ६ जना प्रहरीसहित १० जना बेपत्ता भएका छन् ।

भारतीय समाचार संस्था एएनआई अनुसार श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरी बेपत्ता भएका हुन् । हिमपहिरोमा २० जना पुरिए पनि १० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको जनाएको छ ।

बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना स्थानीय नागरिक रहेका छन । जम्मू कश्मीरका २२ जिल्लामध्ये १६ जिल्लाका विभिन्न ठाउँमा हिमपहिरो जान सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय