नायक बद्र उल हसनको निधन

एजेन्सी, २३ माघ । हास्यकलाकार सैयद बद्र उल हसन खान बहादुरको मंगलबार लखनउमा निधन भएको छ ।

सन् २००८ मा रिलिज भएको ऋतिक रोशनको सुपरहिट फिल्म जोधा अकबरमा उनले मुल्ला दो प्याजाको भूमिका निभाएका थिए । साथै उनले सन् १९९० मा रिलिज भएको टिभी सिरियल द स्वार्ड अफ टीपू सुल्तानमा मैसुर महाराजाको भूमिका पनि निभाएका थिए ।

फिल्म इन्डष्ट्रिमा उनलाई पप्पु पोलिस्टरको नामले चिनिन्थ्यो । उनलाई बेस्ट सपोर्टिङ एक्टरको राष्ट्रिय अवार्ड पनि दिइएको थियो साथै बिरजू महाराजले उनलाई बेस्ट क्लासिकल डान्सरको अवार्डबाट सम्मानित गरेको थियो ।

जोधा अकबरबाहेक उनले फिर भी दिल हे हिन्दुस्तानी, मन, खोया खोया चान्द, धुंधः द फग, इत्तेफाक, फरिश्ते, फूल र अंगारे, तेरे मेरे सपने, बादल, तुमसे अच्छा कौन हे,जस्ता धेरै फिल्ममा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय