एजेन्सी, २२ माघ । अष्ट्रेलियामा भीषण बाढी आएसगै आज मात्र दुई जनाको मृत्यु भएको छ ।
उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । अष्ट्रेलियामा केही दिनदेखि अविरल वर्षा भइरहेको छ भने वर्षाका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगे बताउदै उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह समेत गरेका छन ।
बाढीका कारणले बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेका बताइएको छ ।






