उत्तरकोरियालाई आणविक कार्यक्रमका विवरण खुलाउन अमेरिकाको आग्रह

एजेन्सी, १८ माघ ।  उत्तर कोरियालाई अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रमका  विवरण खुलाउन आग्रह गरेका छन् ।

उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पुर्याउन आणविक कार्यक्रमको विस्तृत विवरण आवश्यक पर्ने बताएका छन ।

उनले स्टानफोर्ड विश्वविद्यालयमा आयोजित समारोहमा बोल्दै भने, ‘आणविक निःशस्त्रीकरणलाई अन्तिम रुप दिनुअघि हामीले उत्तर कोरियासँग रहेका आमविनाशकारी क्षेप्यास्त्र कार्यक्रमको पूर्ण जानकारी चाहेका छौं ।’ 

उत्तर कोरियाले अमेरिकी मागलाई बेवास्ता गरिरहेको छ । अमेरिकालाई सबै कुरा बताए आफूहरु असुरक्षित हुने उत्तर कोरियाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate