बिवाह चलिरहेको ठाँउमा पहिरो जाँदा १५ को मृत्यु, ३४ घाइते

ऐजेन्सी, १४ माघ । पेरूमा विवाह चलिरहेको ठाँउमा पहिरो जाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइतेभएका छन् । एक वैवाहिक समारोहमा करिब १०० जना पाहुना सहभागी भएका थिए ।

होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा उक्त घटना भएको थियो । सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोले उक्त समाचार प्रसारण गरेको छ ।

घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरू प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय