दोस्रो मदन भण्डारी इटहरी गोल्डकप आजबाट

सुनसरी, १२ माघ । दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।

सुनसरीको इटहरीमा हुने प्रतियोगिता माघ १९ गतेसम्म हुने छ । साथै आज उद्धघाटन खेलमा मेची नेत्रालय काकडभिट्टा र दाफिन्स फेमिली फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

नेपालका विभागीय टोली पुलिस, आर्मी सँगै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिगं सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने भएको आयोजकले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने खेलमा २ विदेशी टिमसहित ८ टिमको सहभागिता हुनेछ । गोल्डकपको विजेताले १६ लाख रुपैयाँ र उपविजेताले ८ लाख रुपैयाँ नगद पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा