एजेन्सी, ११ माघ । अष्ट्रेलियाको गर्मीका कारण ९० भन्दा बढी जंगली घोडाको मृत्यु भएको छ ।
अष्ट्रेलियाको नर्दन टेरिटोरीको एलिस स्प्रिंग्स नजिकै सुकिसकेका खाल्डामा रेन्जरहरुले मरेका घोडा भेटेका हुन् ।
अष्ट्रेलियामा आत्याधिक गर्मीका कारण पानीको कमी र भोककाले करिब ४० घोडाको मृत्यु भइसकेको र बचेका मरणासन्न घोडालाई पछि प्रशासनले मारिदिएका छन ।
एडिलेडमा सन् १९३९ को रेकर्ड तोड्दै तापक्रम ४६.२ डिग्री सेन्टिग्रेडसम्म पुगेको छ ।






