एजेन्सी, ९ माघ । न्यूजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकेटले विजयी भएको छ ।
भारतको जितमा शिखर धवनले नट आउट ७५ रन बनाएका थिए । यसैगरी कप्तान विराट कोहली ४५ रनमा आउट हुँदा अम्वाती रायडु १३ रनमा नट आउट रहेका थिए । टस जितेर पहिला ब्याटिङ गर्दै ३८औं ओभरमा अल आउट हुँदै १५७ रन बनाएको थियाे ।
न्यूजिल्याण्डका केन विलियम्सनले सर्वाधिक ६४ रन बनाउँदा रस टेलरले दोस्रो ठूलो रन २४ बनाएका थिए ।





