सोनिया गान्धीकी छोरी उत्तर प्रदेशको महासचिवमा नियुक्त

नयाँ दिल्ली, ९ माघ । भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका गान्धी वाड्रा केन्द्रीय राजनीतिमा आउने भएकी छन् ।

प्रियंकालाई राजनीतिमा आउन नेता कार्यकर्ताहरुले आग्रह गरेका थिए र पार्टीले उनलाई भारतीय कांग्रेस उत्तर प्रदेशको महासचिवमा नियुक्त गरिएको हो ।

उनलाई महासचिव जस्तो पदमा नियुक्त गरिएको र उनले उत्तर प्रदेशको चुनावी नेतृत्व गर्न सक्ने भारतीय संचार माध्महरुले जनाएका छन् ।प्रियंकाले उनका भाइ राहुल गान्धी र उनकी आमा सोनिया गान्धीका लागि अमेठी र राय बरेलीको चुनावी अभियानको नेतृत्व गरेकी थिइन्।

यसैबीच कांग्रेस अध्यक्ष राहुल गान्धीले बैनी प्रियंका गांधी उत्तर प्रदेशको महासचिव पदमा नियुक्ति भएको भन्दै उनले भनेका छन, ‘मेरी बैनी अर्थात प्रियंका एक कर्मठ एवं सक्षम महिला हुन् जसले युपीमा कांग्रेसलाई महत्वपूर्ण सफलता मिल्न सहयोग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको

एजेन्सी, ५ असोज । जर्मनीका दुई राज्यमा भएको निर्वाचनमा चान्सलर फ्रेडरिक मर्जको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले धक्का व्यहोरेको छ ।

एजेन्सी, ४ असोज । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी

एजेन्सी, ३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा