काठमाडौँ, ७ माघ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एशियन फुटबल फेडेरेसन (एएफसी) यू–२३को खेलतालिका सार्वजनिक भएको छ ।
आइतबार राती सार्वजनिक खेलतालिका अनुसार कतारमा हुने च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले आगामी मार्च २२ ओमानसँग खेल्ने भएको छ ।
छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन् । च्याम्पियनशिपका छनोट खेल खेलिरहेका ४४ टोलीले एएफसीले ११ समूहमा विभाजन गरेको छ । फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ ।






