काठमाडौं, ६ माघ । जापानको एक होटलबाट १२३ रोबोटलाई जागिरबाट निकालिएको छ ।
जापानको हेन ना होटल ग्राहकको सुविधाका लागि २४३ रोबोट राख्ने विश्वकै पहिलो होटल रहेको थियो तर होटलमा आउने पाहुनाले गुनासो गरेपछि १२३ रोबोटहरुलाई जागिरबाट निकालिएको हो ।
उक्त होटलमा आउने पाहुनाले घुर्ने वित्तिकै आफुलाई ठाउँ छोड्ने गरेको गुनासो गरेका थिए । पाहुनासँग रातमा यस किसिमको व्यवहार कैयौ पटक हुने गरेको साथै रिसेप्सनमा बसेका रोबोटल सामान्य किसिमको जवाफ पनि दिन नसकेको गुनासो पनि उनीहरुले गरेका छन् ।
यो होटलको नाम गिनिज वल्र्ड रिकर्डमा समेत दर्ता भएको छ ।






