एजेन्सी, ३ माघ । अष्ट्रेलियामा अत्यधिक गर्मी बढेको कारण सरकारले नागरिकहरुलाई सचेत हुन र घरभित्रै रहन आग्रह गरेका छन् ।
मौसम विभागका अनुसार बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको जनाएको छ । अघिल्लो २४ घण्टाको तथ्याङ्कलाई आधार मान्दै अझै तापक्रम बढ्न सक्ने भन्दै नागरिकलाई सचेत गराइएको छ ।
मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो साढे तीन बजेको तापक्रम ४८.३ डिग्री सेल्सियस रहेको थियो । जुन अहिलेसम्म मापन भएको सबैबढी तापक्रम हो ।
विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । वरिष्ठ मौसमविद् रड डिक्सनल मेलबर्न शहरको तापक्रम पनि बढेर ३७ डिग्री सेल्सियस पुग्न सक्ने बताएका छन् ।






