टेलिकमको ‘विन्टर अफर’ : ग्राहकलाई फाइदै फाइदा

काठमाडौँ, २९ पौष । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ ।

उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था छ ।

सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम डाटा भोलुम बेस्ड डाटा प्याक, अनलिमिटेड डाटा प्याक, अल टाइम सोसियल डाटा प्याक, अल टाइम डाटा स्ट्रिमिङ प्याक रहेका छन् । अल टाइम फोरजी डाटा प्याक जीएसएम÷सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रतिवेदनको डाटा प्याक, अल टाईम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियूजी प्याकेजलगायतका सेवामा अफर दिइएको छ ।

ह्याप्पी विन्ड प्याकअन्तर्गत जीएसएम, सीडीएमए, प्रिपेड, पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतरबार प्रत्येक दिन एक जीबी डाटा प्रयोग गर्न सकिने छ । सो सेवा रु १०० मा सात दिनको हुनेछ ।

अलटाइम डाटा प्याकअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने छ । यसमा रु १० देखि रु ५०० को प्याक उपलब्ध गराइनेछ । सो सेवामा बोनससहित २३ एमबीदेखि चार हजार ५०० एमबी सम्मका प्याकेज खरीद गर्न सकिनेछ । सो प्याकेज १ दिनदेखि २८ दिनको हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नाइट टाइम भोलुम बेस्ड डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । सो प्याकअन्तर्गत रु ५ मा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिनेछ । त्यस्तै ७ दिनसम्मको अवधिमा रु ४५ मा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७८८० एमबी डाटा रु ३०० मा प्रयोग गर्न सकिने प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

अनलिमिटेड नाइट टाइम डाटा प्याकअन्तर्गत रु १५ मा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ । यसको अवधि डाटा खरीद गरेको एक दिनसम्म हुनेछ । यस्तै डे प्याक, एसएमएस प्याक, एफटीटीएच व्यक्तिगत प्याकेज, एफटीछीएच कर्पोरेट युजर प्याकेज, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकजे, विद्यार्थी अफर, इण्डिया कल अफर, मिस्ड कल अलर्टजस्ता सेवामा पनि अफर प्याकेज उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी

काठमाडौँ, १३ असोज । बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छन । नेपाल प्रहरीका अनुसार