सिरियामा इरानको प्रभाव अन्त्य हुदै : विदेशमन्त्री पोम्पियो

एजेन्सी, २८ पौष । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो हाल मिश्रको राजधानी कायरो भ्रमणमा रहेका छन् । भ्रमणको क्रममा पोम्पियोले सिरियामा इरानको प्रभावलाई अन्त्य गर्ने बताएका छन् ।

इरान र इरानको पक्षका लडाकुहरु नबाहिरिएसम्म सिरियाका राष्ट्रपति नियन्त्रित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग नगर्ने घोषणा पनि उनले गरेका छन् ।

पोम्पियोले ट्रम्पको घोषणाले गर्दा निराश बनेका देशहरुलाई भरोसा दिलाउदै भनेका छन्, ‘अमेरिका आतंकविरुद्ध संघर्ष पूरा नभएसम्म फर्किने छैन । सुरक्षामा खतरा बनेका स्लामिक स्टेट समूह, अल कायदा र जिहादीलाई हराउनका लागि हामी मिलेर लड्ने छौं ।’

करिब तीन हप्ता पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक हटाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate