जापानीज भाषा, रोजगारीको अवसर र सम्भावना

नेपाली युवा तथा युवतीहरुको रोजाईको देशको रुपमा रहेको जापानमा नेपालीको रोजगारीमा ठूलै अवसर र सम्भावना रहेका छन् ।

लाखौं नेपाली युवा युवतीहरु रोजगारीको खोजीमा भौतारिरहेको परिस्थितीमा जापान त्यसको मूख्य आकर्षणको रुपमा रहेको छ ।

बर्तमान सरकारको विशेष पहलमा जापान सरकारले नेपालीलाई कामदार लैजाने सहमति भएपश्चात अझ बढी युवाहरुमा आकर्षण बढेको छ । जापान सरकारले नेपाली युवालाई विभिन्न काममा लाने सहमति भएसँगै जापान जान आकर्षण मात्र नभई नेपालीको आर्थिक वृद्धिदरलाई उच्च बनाउन तथा युवाहरुले योग्यता, क्षमता तथा दक्षता हासिल गर्दै आत्मनिर्भर बनाउन मूख्य भूमिका खेल्ने देखिएको छ ।

जापान सरकराले नेपाल लगायतका अन्य ९ मुलुकबाट श्रमीक लैजाने सहमतिले लाखौं युवाहरुलाई खुसी बनाएको छ । नेपाल लगायत कम्वोडिया, भियतनाम, फिलिपिन्स, चाइना, मंगोलिया, म्यानमार, कोरिया लगायतका देशहरु रहेका छन् ।

कुनै पनि देशमा मानिसले जापान जान कम्तिमा N4 Level को जापनीज भाषा अध्ययन गरी पास हुन जरुरी रहेको छ । उक्त भाषा अध्यापन गराउन नेपाल सरकारद्वारा कुनै कदम नचाले पनि नीजि क्षेत्रका भाषा प्रशिक्षण केन्द्रहरुले भाषा कक्षाहरु सञ्चालन गरिरहेका छन् । जसले गर्दा जापानीज भाषा अध्ययन गरी बसेका प्रशिक्षकहरुको बढ्दो माग भइरहेको छ ।

भाषा पास गर्नु नै अन्य मुलुकदेखि जापान जाने मानिसको रोजगारी सिर्जना हुने गर्दछ । भाषा पास गरेको नेपाली श्रमिकलाई जापान सरकारले १४ वटा विधामा कामदार लैजान खोजिरहेको छ । जसमा दक्ष र अदक्ष जनशक्ति पर्दछन् ।

जापान सरकारले नेपालबाट श्रमिक लैजान कियर गिभर, होटेल, रेष्टुरेन्ट, कन्ष्ट्रक्सन कम्पनी, कृषि, अटोमोवाइल, इलोक्ट्रिसियन, मासु काट्ने, माछा मार्ने लगायतका काममा लैजाने भएको छ ।

नेपाल सरकारले नेपाली श्रमिकहरुलाई दक्ष बनाएर पढाउन पहल गरिदिए नेपाली कामदारलाई जापानमा राम्रो तलव र अन्य सेवा तथा सुविधाहरु हुनेछ ।

दिपक जिएम
सचिव युवा संघ नेपाल
केन्द्रीय कमिटी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा

काठमाडौँ, ७ असोज । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका