एजेन्सी, २४ पौष । हङकङको एक तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
हङकङको भेसलमा लाम्मा टापु नजिकै पुगेपछि स्थानीय समय अनुसार ११ः३० बजे मट्टितेल बोकेको ट्याङ्करमा आगलागी भएको थियो ।
ट्याङ्करमा आगलागीपछि चालकदलका सदस्यहरु पानीमा हाम फालेका थिए । उनीहरुमध्ये २१ जनाको प्रहरीले उद्धार गरिसकेको छ भने एक जनाको शव पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उक्त ट्याङ्कर चीनको डोङगुवानबाट हङकङ आउँदै गरेको मरिन ट्राफिकले जनाएको छ । प्रहरी अधिकारीहरुले भने आगलागी अघि विस्फोट भएको कुरा हालसम्म पुष्टि गर्न सकेका छैनन् ।






