गाँजासहित चार जना पक्राउ

हेटौँडा, ८ मंसिर । प्रतिबन्धित लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्सिर ७ गते दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–९, कुखरेनीबाट मोटरसाइकलमा सवार दुई जनालाई ९२० ग्राम गाँजाको धुलो जस्तो (पोलार) पदार्थसहित पक्राउ गरिएको छ ।

बा.प्र. ०२-०५० प ६१३२ नम्बरको मोटरसाइकलमा सवार हेटौँडा–१३ बस्ने २१ वर्षीय जोसु तामाङ र हेटौँडा–१४ बस्ने २३ वर्षीय अमन तामाङलाई शङ्का लागेर खानतलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, भीमफेदी गाउँपालिका–१, टौबास कोलनीबाट थप दुई जना गाँजासहित पक्राउ परेका छन्। बा.प्र. ०२-०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार धादिङको गजुरी गाउँपालिका–८ बस्ने २१ वर्षीय अमिर तामाङ र १९ वर्षीय समर बलको साथबाट तीन किलो २१० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बेइजिङ, ८ मंसिर । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ

हेटौँडा, ८ मंसिर । प्रतिबन्धित लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट

काठमाडौँ, ८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । फलफूल तथा तरकारी

पाल्पा, ८ मंसिर । ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–६ सिसुवा