बहराइनस्थित अमेरिकी प्याट्रियट राडार प्रणालीमा आक्रमण गरेको इरानको दाबी

एजेन्सी, ६ मंसिर । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइनस्थित अमेरिकी सैन्य अखडामा रहेका दुईवटा ‘प्याट्रियट’ वायु रक्षा राडार प्रणालीलाई क्षेप्यास्त्र र ड्रोनमार्फत निसाना बनाएको दाबी गरेको छ ।

बहराइनका अधिकारीहरूले भने आक्रमणबाट एक नागरिक औद्योगिक संरचनामा क्षति पुगेर आगलागी भएको बताएका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको र घटनामा कुनै मानवीय क्षति नभएको उनीहरूको भनाइ छ ।

इरानी सरकारी प्रसारक आईआरआईबीमार्फत जारी विज्ञप्तिमा आईआरजीसीको एयरोस्पेस फोर्सले बहराइनका अल–रिफा र अवाली सैन्य अखडामा रहेका अमेरिकी प्याट्रियट प्रणालीका दुई राडारलाई निसाना बनाएको उल्लेख छ ।

आईआरजीसीका अनुसार, अमेरिकी एमक्यू–१ र एमक्यू–९ ड्रोनले इरानी हवाई क्षेत्र उल्लंघन गरेको तथा हेंगाम टापुस्थित इरानी राडार केन्द्रमा भएको आक्रमणको जवाफमा उक्त कारबाही गरिएको हो । 

इरानले आफ्नो हवाई क्षेत्रलाई ‘रेड लाइन’ बताउँदै आगामी दिनमा यस्ता उल्लंघन भए कडा जवाफ दिने चेतावनी समेत दिएको छ ।

आईआरआईबीले होर्मुज जलमार्गमाथि दुई अमेरिकी सैन्य ड्रोन एमक्यू–१ र एमक्यू–९ खसालेको दाबी गर्दै एक भिडियो सार्वजनिक गरेको छ । 

अर्को भिडियोमा बहराइनका अल–रिफा र अवाली अखडास्थित अमेरिकी प्याट्रियट राडारमाथि आक्रमण भएको दृश्य देखाइएको छ ।

उक्त भिडियोमार्फत अमेरिकी सेन्ट्रल कमान्डलाई आफ्ना सैन्य उपकरण सुरक्षित रहेको दाबी पुष्टि गर्न चुनौती दिइएको छ । यद्यपि, अलजजिराले उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन नसकेको जनाएको छ ।

इरानी आक्रमणको बहराइनद्वारा निन्दा
बहराइनको विदेश मन्त्रालयले आफ्नो भूमिमा भएको इरानी आक्रमणको कडा निन्दा गरेको छ । मन्त्रालयले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई प्रस्ताव नम्बर २८१७ कार्यान्वयन गर्दै इरानविरुद्ध कदम चाल्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । आज

काठमाडौँ, ५ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्

काठमाडौँ, ५ मंसिर । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको काठमाडौंको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा सञ्चालन भइरहेको तीनदिने आयुताहुति

काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको कनक चैत्य महाविहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत कल्याण र शान्तिका लागि