प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन् । दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

सामान्यतया भारत भ्रमणमा आउने अन्य देशका प्रधानमन्त्रीहरूलाई विमानस्थलमा राज्यमन्त्रीहरूले नै स्वागत गर्ने परम्परा रहँदै आएको छ।

दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता  अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रवक्ता जोशीले भने, ‘प्रधानमन्त्रीज्यू नेपाल एयरलाइन्सको उडानमार्फत अपराह्न ३ः४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ। विमानस्थलमा उहाँलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुहुने कार्यक्रम रहेको छ।’

विमानस्थलबाट प्रधानमन्त्री सिधै नयाँ दिल्लीस्थित होटल ताज मानसिंह (ताज महल) जानेछन्। साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री डा एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ।

प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ। भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डाहरू फहराइएका छन्।

आइतबार साँझ नै नेपाल र भारतका व्यवसायीहरूको विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाल तथा भारतका उद्योगीव्यवसायीहरूबीच व्यावसायिक सहकार्य र सहयोग आदानप्रदान हुनेछ।

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ भने प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । आज

काठमाडौँ, ५ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्

काठमाडौँ, ५ मंसिर । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको काठमाडौंको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा सञ्चालन भइरहेको तीनदिने आयुताहुति

काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको कनक चैत्य महाविहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत कल्याण र शान्तिका लागि