‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

काठमाडौँ, १८ कार्तिक । चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–२ सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलर अन्याय, अत्याचार र विकृतिविरुद्ध उभिने हरिवंश आचार्यले महाभारतको शंखघोष गर्छन् । अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ । 

‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकारको मुख्य भूमिका छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १८ कार्तिक । प्रहरीले ६ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट

काठमाडौँ, १८ कार्तिक । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । प्रहरीका

काठमाडौँ, १८ कार्तिक । रौतहटको गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन्

काठमाडौँ, १८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate