डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

काठमाडौँ, १८ कार्तिक । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार कात्तिक १४ गते कारागारबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा आज त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकायर र जिल्ला जाजरकोट, नलगाड नगरपालिका–९ घर भएका नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन् । 

यसअघि हिजाे जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना  पक्राउ परेका थिए । 

अन्य चार कैदीबन्दीकाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १८ कार्तिक । प्रहरीले ६ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट

काठमाडौँ, १८ कार्तिक । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । प्रहरीका

काठमाडौँ, १८ कार्तिक । रौतहटको गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन्

काठमाडौँ, १८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate