काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ ।
वर्षासँगै उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोटको उच्च क्षेत्रमा समेत हिउँ जमेको छ ।
दक्षिणी क्षेत्रका खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट गाउँपालिकामा भारी वर्षा भएको हो ।
शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा हुँदा चिसोसमेत बढेको छ । हिमपात भएपछि उत्तरी चीनसँग जोडिएको हिल्सा नाकामा आवागमन बन्द भएको छ । नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेकमा ३ फिट र हिल्सा नाकामा २ फिट हिउँ जमेको छ ।







