दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ ।

घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीकाअनुसार सबैभन्दा धेरै कैलालीमा ८८ सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक सय ४६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा ५० जना घाइते भएका छन् । यी दुई बाहेक अन्य जिल्लामा सवारी दुर्घटनामा मानिसको मृत्यु भने भएको छैन् ।

डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा २/२ तथा बझाङ र बैतडीमा १/१ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४७ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीकाअनुसार गत वर्ष दशैँदेखि छठ पर्वसम्म प्रदेशभर एक सय २२ सवारीसाधन मात्र दुर्घटनामा परेका थिए । ती दुर्घटनामा २३ जनाको मृत्यु हुँदा दुई सय ५३ घाइते भएका थिए । तर, यो वर्ष भने दशैँमै एक सय ५२ दुर्घटनामा छ जनाको मृत्यु र दुई सय ४३ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीको यो तथ्यांकले चाडपर्वका बेला हुने सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने कुरा चुनौतीपूर्ण बन्दै जान थालेको छ । तर, दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घट्ने कुरालाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका