छोराको कुटपिटबाट बुवाको मृत्यु

काठमाडौँ, ९ कार्तिक । बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका-३ का ५५ वर्षीय कालुराम थारुको आइतबार राति छोराको कुटपिटबाट मृत्यु भएको हो ।

कालुरामलाई उनका छोरा राजेन्द्रले राति ११ बजे कुटपिट गरेका थिए । घाइते भएका कालुरामलाई स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगञ्ज पुर्‍यायएको थियो । त्यही चिकित्सकले मृत घोषणा गरेका थिए ।

कुटपिटमा संलग्न राजेन्द्रलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका