राष्ट्रियतामाथि आघात पुर्‍याउने काम भए टुलुटुलु हेरेर बस्दैनाैँ : सहसंयोजक नेपाल

काठमाडाैँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पुर्‍याउने काम भए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियान शुभाम्भ कार्यक्रममा बाेल्दै उनले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका हुन् । उनले पार्टीको मुख्य आधार र प्राण जनता नै भएकाले जनताको घरदैलोमा पुगेर उनीहरूको गुनासो, अपेक्षा र सुझाव सुन्ने तथा जनताको विश्वास पुनरावृत्ति गर्ने धारणा राखे ।

उनले देशमा बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, र जनताका दैनिक जीवनका समस्याहरूलाई गम्भीर रूपमा उठाएर तिनको सम्बोधनका लागि दबाब सिर्जना गर्ने उल्लेख गरे। विगतमा सरकारमा रहँदा वा अन्य समयमा पार्टीबाट भएका कमीकमजोरीहरूको आत्मसमिक्षा गर्ने र जनतामा देखिएका केही असन्तुष्टिहरूलाई सुधार्दै अघि बढ्ने उनले बताए। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार