आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता काठमाडौंमा आयोजना हुने जनाएको हो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली र च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर्सको लागि छनोट हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडौँ, ५ कार्तिक । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Fixed

काठमाडाैँ, ४ कार्तिक । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६