साउदीबाट अमेरिकी दूतावासका कर्मचारीलाई देश छाड्न आदेश

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई फिर्ता हुन (देश छाड्न) आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले सामाजिक सञ्जाल ‘एक्स’मार्फत साउदी अरबमा रहेका गैर-आकस्मिक अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाइएको पुष्टि गरेका छन् । इरान समर्थित हुथीहरूले साउदी अरबविरुद्ध आक्रमण बढाउँदै नागरिक विमानस्थल र अन्य महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरेको तथा त्यसबाट सर्वसाधारणको ज्यान जानुका साथै यात्रामा गम्भीर अवरोध उत्पन्न भएको प्रवक्ता पिगटले उल्लेख गरेका छन् ।

विदेश मन्त्रालयले बुधबार एक ‘सुरक्षा सतर्कता’ जारी गर्दै अमेरिकी नागरिकहरूलाई विमानस्थलहरूमा हुन सक्ने सम्भावित आक्रमण र यात्रा अवरोधबारे सचेत रहन आग्रह गरेको छ । पछिल्ला साताहरूमा हुथीहरूले रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, साउदी सैन्य प्रतिष्ठान, तेल पूर्वाधार र सामुद्रिक मार्गलाई लक्षित गरी शृंखलाबद्ध आक्रमणहरू गरेपछि यो चेतावनी आएको हो ।

साउदी अरबमाथि आक्रमण बढ्दै गएपछि अन्य मित्रराष्ट्रहरूले पनि सहयोगको दायरा बढाएका छन् । बेलायतले हुथी आक्रमणबाट साउदी अरबको रक्षा गर्न लडाकु विमानहरू तैनाथ गर्ने जनाएको छ भने इजिप्टले पनि सबै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । देशका तीन जिल्लाका सडक अवरुद्ध भएको छ ।  नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर

काठमाडौँ, ५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को

काठमाडौँ, ५ कार्तिक । २०८३ साल कार्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर २२ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि