ओमानविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ, २ कार्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा आज घरेलु टोली ओमानको सामना गर्दा नेपाल जित्नै पर्ने दबाबमा छ ।

खेल ओमानको अल अमिरेत रंगशालामा नेपाली समयअनुसार सोमबार बिहान ११ः१५ बजे सुरु हुनेछ । लिग–२ को अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गर्न सके मात्र छैटौँ स्थान पक्का हुनेछ । नत्र सातौँ स्थानमै रहेर लिग टुंगाउने छ । नेपाल पराजित भए क्यानडाको शीर्ष ६ पक्का हुनेछ ।

नेपाल ३५ खेलमा २८ अंकसहित सातौँ स्थानमा छ । यता, ओमान भने ३१ खेलमा ३३ अंकसहित चौथो स्थानमा रहँदै एकदिवसीय विश्वकपमा छनोटमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान