जसपाले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

काठमाडौँ, १ कार्तिक । जनता समाजवादी पार्टी (जसपा), नेपालले नेकपा (एमाले)सँग सहकार्य नगर्ने स्पष्ट पारेको छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत अध्यक्ष यादवका अनुसार सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरिएको छ, न त कुनै नीति नै लिइएको छ । यसका साथै कसैसँग कुनै समझदारी पनि नभएको र तत्काल यो सम्भव नरहेको उनले बताएका छन् । जसपा नेपालले हालसम्म सरकार बनाउन कुनै दाबी नगरेको र कुनै दलसँग समर्थनसमेत नमागेको अध्यक्ष यादवले प्रस्ट पारेका छन् ।

बेग्लै प्रसङ्गमा खिचिएको फोटोलाई केही व्यक्तिहरूले दुरुपयोग गरी गलत, भ्रामक र दुष्प्रचार गरेको देख्दा आश्चर्य लागेको उनले उल्लेख गरेका छन् । कुनै सत्यता नरहेका यस्ता गलत मनसायले फैलाइएका कपोलकल्पित, भ्रामक, पूर्वाग्राहीपूर्ण तथा झुठा प्रचारप्रति विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ असोज । अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ । यस्तो अवस्थामा

एजेन्सी, ३१ असोज । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केटी जकारियाले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । पद सम्हालेको पाँच दिनभित्रै उनको

एजेन्सी, ३० असोज । यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ

एजेन्सी, ३० असोज । संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले