सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ । 

जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् ।

आज बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । पोखरामा चोरी भएको एक घण्टामै प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार